Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘हामी सहकारी पीडितले न्याय पाउन् भन्छौं, सरकार रविलाई थुन्यौं त भन्छ: सांसद झा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाउदै वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बताए । उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं त’ भन्ने सरकारको जवाफ हुने गरेको बताएका छन् ।

उनले भने, ‘हामीले सरकारलाई जनतालाई माया गरिदिनुस् भन्छौं उहाँको कार्यकर्ताले रङ्गशालामा मान्छे कुट्छ । हामी सरकारले देशलाई माया गरिदिनुस् भन्छौं उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ । हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उनीहरु रविलाई थुन्यौं त भन्छन् । हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् न भन्छौं उनीहरु बालेनको कर्मचारी खोसे त भन्नुहुहन्छ ।’

उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?