Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न महेश बर्तौलाको चेतावनी


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताउदै यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको उल्लेख गर्दै संविधान प्रतिकुल कार्य भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र उक्सावटबाट समाजमा संविधान विपरितका कार्यहरु भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने खालका संविधान विरोधि क्रियाकलापहरु भइरहेका छन् । यी सबै क्रियाकलापहरु गर्न पूर्वराजा शाहले उक्साइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थितिमा यी सबै कामहरु भइरहेका छन् । यति मात्र होइन र्यालीमा विदेशी नेताका तस्बिरसहित र्यालीहरु देख्यौं । यसले हाम्रो संविधान बमोजिम राष्ट्रहित कार्य हो । यी कार्यहरुलाई संविधानको दायरामा ल्याउन जरुरी छ ।’

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने उल्लेख गर्दै संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न समेत चेतावनी दिएका छन्।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?