Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न महेश बर्तौलाको चेतावनी


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताउदै यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको उल्लेख गर्दै संविधान प्रतिकुल कार्य भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र उक्सावटबाट समाजमा संविधान विपरितका कार्यहरु भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने खालका संविधान विरोधि क्रियाकलापहरु भइरहेका छन् । यी सबै क्रियाकलापहरु गर्न पूर्वराजा शाहले उक्साइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थितिमा यी सबै कामहरु भइरहेका छन् । यति मात्र होइन र्यालीमा विदेशी नेताका तस्बिरसहित र्यालीहरु देख्यौं । यसले हाम्रो संविधान बमोजिम राष्ट्रहित कार्य हो । यी कार्यहरुलाई संविधानको दायरामा ल्याउन जरुरी छ ।’

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने उल्लेख गर्दै संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न समेत चेतावनी दिएका छन्।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?