Trending
>>   प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुन्छन्ः अध्यक्ष अग्रवाल >>   राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री >>   संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः उपेन्द्र यादव >>   तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्याली >>   राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला >>   म हिन्दुराष्ट्रको पक्षमा छुः डा. शशांक कोईराला >>   झलनाथको आरोपः जलविद्युत योजनाको पिपिएबाट ८ अर्बको लेनदेन हुँदैछ >>   प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन्ः अध्यक्ष नेपाल >>   अध्यादेशप्रति राष्ट्रिय सभामा प्रतिपक्ष दलका सांसदहरुको आक्रोश >>   प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँः प्रधानमन्त्री
Logo
१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

‘नसर्ने रोगको पहिचानका लागि सांसदहरुको स्वास्थ्य परीक्षण, गाउँ-गाउँमा पुर्याउन सुझाव’


काठमाडौँ। सरकारले नसर्ने रोगहरुको पहिचानका लागि संघीय सांसदहरुको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियानअन्तर्गत मंगलवार संघीय संसद परिसरमा सरकारले सांसदहरुको स्वास्थ्य परीक्षण गरेको हो । समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ भन्ने नारासहित सरकारले यो अभियान शुरु गरेको छ । सरकारले फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान शुरु गरेको थियो । अभियानमा स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको परीक्षण भइरहेको छ । अभियानअन्तर्गत उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नीति,योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरुबाट पीडित रहेको छन् । उनले नेपालको स्वास्थ्य उपचारमा विगतमा अधिकांश राज्यको लगानी सरुवा रोगहरुमा हुने गरेको भएपनि पछिल्लो समय नसर्ने रोगहरुका लागि लगानी गर्नुपरेको बताए । नसर्ने रोगहरु दीर्घ प्रकृतिका हुने र लामो समयसम्म यसको असर रहने उनको भनाइ छ । उनकाअनुसार दीर्घ प्रकृतिका रोगले शरीरका विभिन्न अंगलाई प्रताडित गराउने र काम गर्न नसक्ने बताउने जटिलता बढी हुने गर्दछ । ‘अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरु मिर्गौला, मधुमेह, मुटुका रोग, क्यान्सर लगायतका रोगहरुले प्रताडित हुनुभएको छ । हाम्रो स्वास्थ्य उपचारमा अधिकांश राज्यको लगानी विगतमा सरुवा रोगहरुमा हुने गर्दथ्यो, अहिले नसर्ने रोगहरुमा लगानी गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो,‘ नसर्ने रोगहरु दीर्घ प्रकृतिका हुन्छन् र लामो समयसम्म यसले असर गर्दछ । शरीरका विभिन्न अंगमा फेलियर गराउने अंगहरुलाई काम गर्न नसक्ने बनाउनसक्छन् । जटिलताका सम्भावना बढी हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई वार्षिक रुपमा नसर्ने रोगहरुको पहिचान गर्न प्रारम्भिक परीक्षणको शुरुवात गरेको हो । यसमा तौल नाप्ने, उचाईअनुसार शरीरको बीएमआई नाप गर्ने, रक्तचापको नाप गर्ने, रगतमा चिनीको मात्रा नाप्ने र पिसावमा अल्गोमिन र सुगर लगायतका सामान्य परीक्षण देशभर नै सरकारले फागुन महिनामा सञ्चालन गरिरहेको छ ।

संघीय संसदका सांसद, सचिवालयका कर्मचारी, सञ्चारकर्मीहरुलाई मध्यनजर गरेर फागुन २७ र २८ गते संसद भवन परिसरमा नसर्ने रोगहरुको परीक्षण अभियान सञ्चालन गरिएको डा. पौडेलले बताएका छन् । संसदमा आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म परीक्षण हुनेछ । पब्लिक हेल्थमा गरिने वकालतलाई पनि यस अभियानले सहयोग पुग्ने विश्वास राखेको प्रमुख डा. पौडेलले बताए ।

उनले भने, ‘परीक्षण अभियानका क्रममा नसर्ने रोगहरुसम्बन्धी विभिन्न जानकारीमुलक सामग्री राखिएको छ । जसले मान्यज्युमार्फत आम नागरिकले जानकारी लिन सक्नुहुनेछ ।’

संसद भवन परिसरमा यस अभियानबारे बोल्दै सांसद ईश्वरी घर्तीमगरले नसर्ने रोगहरुको पहिचान गर्न नागरिकस्तरमा पुग्ने गरी सरकारले सञ्चालन गरेको यस अभियानको प्रशंसा गरेकी छिन्। उनले निःशुल्क परीक्षण गर्ने भएकाले सबैले परीक्षण गर्न र समयमै रोगको पहिचान गरेर उपचार गर्ने बाटो समात्न आग्रह गरेकी छिन् । यस्तो सुविधा सबै गाउँ बस्तीमा पुग्नुपर्ने सांसद घर्तीमगरको भनाइ छ ।

उनले भनिन् , ‘नसर्ने रोगहरु सम्बन्धी पहिचान गर्नको लागि, यसको उपचार गर्न, जनताको स्तरसम्म पु¥याउनुपर्छ । यसको पहिचान नै नहुँदा भोलि कठिन हुनसक्छ भनेर संसद र संसदीय समितिमा हामीले धेरै कुरा उठायाँै । सरकारले गाउँव्यापी अभियान चलाइरहेको छ । नसर्ने रोगहरुको पहिचान गर्न परीक्षण गराएका छौँ । यसलाई हामी सरकारले सबै गाउँ बस्तीहरुमा यस्तो सुविधा लैजानुपर्छ । यसको उपभेग गरेर समयमै रोगको पहिचान गरे समयमै उपचार हुन्छ । सरकारले चलाएको यो एक महिने अभियानमा समय निकालेर परीक्षण गराउनु होला ।’

यस्तै, सांसद रञ्जु झाले नसर्ने रोगहरु पहिचान गर्न सञ्चालन गरिएको अभियान राम्रो भएको प्रतिक्रिया दिंदै वर्षको दुई पटक यो अभियान चलाउन आग्रह गरेकी  छिन् । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यको ध्यान राख्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले भनिन् , ‘वर्षको दुई पटक राख्नुपर्छ । सबैले स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।

सांसद देवप्रसाद तिमलसेनाले स्वास्थ्य मन्त्रालयले गरेको कामको प्रशंसा गर्दै विपन्न बस्ती र गाउँमँ पुगेर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले जुन काम गरेको छ, यो अत्यन्त राम्रो र सह्रानीय छ । यसलाई विपन्न बस्तीहरु, गाउँगाउँमा लैजान जरुरी छ । देशभर नै यो कार्यक्रम लैजाँदा राम्रो हुन्छ ।’

सांसद दिलेन्द्रप्रसाद बडूले गाउँका स्वास्थ्यचौकीहरुमार्फत यसरी परीक्षण शुरु गर्नुपर्ने बताए । उनले भने, ‘सबैको परीक्षण होस्, कोही नछुटोस् ।’

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबका हरेक वर्षहरुको फागुन महिनालाई नसर्ने रोग परीक्षणको महिना बनाइने बताएका छन् । उनले यसको सूचना व्यापक रुपमा फैल्याउन नसक्दा केही समस्या भइरहेको बताउँदै अब सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । सात वटै प्रदेशका संसदमा यो अभियान सञ्चल न गर्ने पनि बताएका छन् ।

उनले भने, ‘यो यो वर्ष मात्रै तोकिएको होइन, अब हरेक वर्ष फागुन महिला नसर्ने रोगहरुको परीक्षणको महिना हुनेछ । यसको सूचना व्यापक रुपमा पु¥याउन सकिएको छैन तर अर्को वर्ष हामीले व्यवस्था गरेका छौँ । स्वास्थ्य केन्द्रमा स्क्रिनिङ हुने व्यवस्था गरेका छौँ । यसलाई अझ बढी प्रचार गर्न, यसको विश्वसनियता थप गर्न संसदमा गरेका हौँ । सातै प्रदेशका संसदमा हुँदैछ ।’

 

स्वास्थ्यमन्त्री पौडेलले नेपालका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गर्न सकिने बताउंदै व्यापक रुपमा हुन नसक्नुमा सूचना प्रवाह व्यापक रुपमा हुन नसकेको बताएका छन् । सूचना प्रवाह भएको खण्डमा भने सबै नागरिकले परीक्षणमा सहभागी बन्ने बताए ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?