Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारको समावेशीकरण अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै पुगेन : काशीराज दाहाल


काठमाडौँ। कानूनविद् काशीराज दाहालले संवैधानिक आयोगमार्फत राज्य निकायमा ल्याउन खोजिएको वर्ग आउन नसकेको बताएका छन् ।

उनले संवैधानिक आयोगहरु राजनीतिक नेतृत्वको आफन्त भर्ती  केन्द्र भएको बताउंदै आयोगहरुको वर्गिकरण गरेर पुनः परिभाषित गर्न जरुरी रहेको र  मुलुकमा समावेशीकरणको अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै नपुगेको बताएका छन् ।

उनले भने, ‘राज्य व्यवस्थामा आयोगमार्फत जसलाई ल्याउन खोजिरहेका छौं । उ आइरहेको छैन कि । जो सकारको महत्वपूर्ण पदमा छन् तिनिहरुकै आफन्तहरु पो आइरहेका छन् कि । जसलाई राज्यको मूलप्रवाहमा ल्याउन खोजिएको हो त्यो समूदाय आउन सक्यो कि सकेन भनेर हामीले सोच्नुपर्ने हुन्छ । त्यसलाई वर्गिकरण गरेर पुनःपरिभाषित गर्नुपर्छ । भारतमा यसलाई विभिन्न माध्यमबाट पुनरावलोकन गरिरहेको पृष्ठभूमि छ । अफ्ठ्यारो  के छ भने माननीयज्युहरु त्यहाँ पनि १० वर्ष मै पुनरावलोकन गर्ने भनेर राखेको हो । तर त्यहाँ २०७५ वर्ष बितिसक्दासमेत त्यसलाई पूर्णता दिन सकेको अवस्था छैन । यो भारतको अनुभव हो । हाम्रो समावेशी बनाउनका लागि जुन प्रकारको आयोगहरुको अवधारणा राखियो यो नै ठिक ढंगको भएन कि भन्ने मेरो बुझाई छ ।

 


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?