Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त:रामनारायण बिडारी


काठमाडौँ। अधिवक्ता रामनारायण बिडारीले संसदकै कमजोरीको कारण आयोगहरुले प्रभावकारी काम गर्न नसकेको बताउदै  राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त रहेको बताउनु बताएका छन्

। बिडारीले राजनीतिक दलबाट आयोगमा गइसकेपछि पदाधिकारी निष्पक्ष हुन नसकेको आरोप लगाएका छन्  । उनले संसदले संवैधानिक आयोगहरुको अनुगमन गर्नसक्ने अधिकार दिएको भएपनि संसदले त्यस्तो गर्न नसकेको जिकिर गरेका छन् । जनताको प्रतिनिधिलाई संसदले विज्ञ उपलब्ध नगराउँदा आयोगहरुसँग सांसदहरु डराउँदै हिँड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनले भने, ‘आयोगमा दलबाहिर वा दलबाट अध्यक्ष नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । तर दलबाट गएपनि आयोगमा गइसकेपछि त्यो मान्छे निष्पक्ष हुनुर्यो । निष्पक्ष सक्रियताको अभ्यास गर्न सक्नुपर्यो । दल छाडेर पदमा बस्न सक्नुपर्यो । पद छाडेर मात्रै दलमा जानुपर्यो । मुलभुत सिद्धान्त यो हो । दल वा पदमध्ये एक छेड्ने । यो काम हाम्रो दलले गर्न सकेन । हाम्रो राजनीतिक दलले आफूले भनेको टेर्ने मान्छेलाई खोज्ने रहेछन् । यसकारण समस्या भएको हो । सांसदहरुले काम गरेन भनेर मैले केही दिनअघि पत्रिकामा पनि लेखेको थिएँ । एउटा सांसदको लागि विज्ञ उपलब्ध गराउनुपर्यो संसदले । यस्तो नभएको हुनाले सांसदले काम गर्न सकेनन् । सांसदहरुलाई दिने सुविधा हामीले दिन सकेनौं । दिएको सुविधा पनि हामीले सदुपयोग गर्नसक्यौं कि सकेनौं ? अन्य आयोगसँग रिलेटेड धाराहरु छन् संविधानमा । संसदले सबै आयोगहरुको अनुगमन गर्नसक्छ भन्ने व्यवस्था संविधानमै छ । हामी अख्तियारसँग डराएको ? हामीसँग विज्ञ हुनुपर्यो र हामीले संविधानको धारा ५४ प्रयोग गर्नुपर्यो ।’


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?