Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो । बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु सल्बलाइरहेको भन्दै गणतन्त्रका बिरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरुलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए । उनले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निस्कर्ष पार्टीको रहेको बताउंदै  प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘वर्तमान परिस्थितिका बारेमा लामो छलफल भयो । कतिपय पार्टीका आन्तरिक सवालहरुमा छलफल भयो । यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु जुन ढंगले सल्बलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका बिरुद्धमा षड्यन्त्र भइरहेका छन् । त्यसका विषयमा अलि लामो बहस र छलफल भयो । यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको बिरुद्धमा हामी छौँ । यस्ता गतिविधिका बिरुद्धमा एकतावद्ध हुन, संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरुले आत्मसमिक्षा गर्नुपर्छ, प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्नुपर्छ भन्ने निस्कर्ष छ । प्रतिगमनकारी शक्तिहरुको बिरोध गर्दै सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु, गणतन्त्रवादी जनसमुदायलाई गणतन्त्रको रक्षाको लागि एकतावद्ध हुने निर्णय भएको छ । रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउँदैछौँ, आन्दोलनको पक्षमा उभिन र आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्ने निर्णय गरेका छौँ । चैत्र १ गते वृहत पत्रकार सम्मेलनमार्फत आन्दोलनको रुपरेखा प्रश्तुत गर्ने निर्णय भएको छ ।’

बैठकले रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउने र आन्दोलनको रुपरेखाबारे जानकारी दिन चैत्र १ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?