Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

रोजगारी अभिवृद्धिको विषय सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छः महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरुले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ शुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरुले राजनीतिक विषयहरु बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताए । उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरु सबै राजनीतिक दलहरुको साझा विषय बन्नुपर्ने बताएका छन् । रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताए ।

महामन्त्री शर्माले भने, ‘राजनीतिक दलहरुले गर्ने बहस, दलहरुको कर्म, दलहरुको एजेण्डा, दलहरुको प्रतिष्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरुमा जानुपर्छ । जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो । सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो । पूर्वाधार निर्माणमा बढाउनुपर्ने गति, साझा राष्ट्रिय प्राथमिकताको विषय हो । रोजगारी सिर्जना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हो र नेपाली काँग्रेस पार्टी यसको अग्रसरता लिनुपर्छ ।’

महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताएका छन्।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?