Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

जंगली जनावरको आतङ्क रोक्न सांसद सिंहको माग


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले सप्तरीका पूर्वी भेगका खेती बाली संरक्षणका लागि हाई प्वाइन्ट निर्माण सरकारसँग माग गरेका छन् ।

आईतवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले किसानले जंगली जनावर र घरपालुवा पशुबाट समेत आतंकित हुनु परेको बताउदै जंगली जनावरको आतंकका कारण किसानले खेतीबाली सुरक्षाका लागि निगरानी गर्ने अवस्थासमेत नरहेको बताए । सप्तरी जिल्लाका पूर्वी क्षेत्रका किसानले हरेक वर्ष जनावरको आतंक व्यहोर्दै आएको उनको भनाइ छ ।

उनले भने, ‘सप्तरीका पूर्वी भेगका किसान, वन्यजन्तु आरक्षणको नामा लोकल गाई भैँसीबाट पनि आतंकित हुनुपर्ने अवस्था छ । त्यहाँको उखुर र गहुँबाली हरेक रात १५–२० बिघा नास भइरहेको छ । किसानले आफ्नो खेतसम्म गएर गोठोलो बस्न पनि पाइँदैन किन की त्यहाँ जंगली जनावरको पनि आतङ्क हुन्छ त्यस कोशी क्षेत्रमा, यो समस्या हरेक वर्ष खेप्तै आएको छ । वन मन्त्रालयमा हाइ प्वाइन्ट निर्माण गरे किसानले बाली सुरक्षा गर्न सक्थे र जनावर पनि सुरक्षित हुन्थ्यो ।’

राष्ट्रिय सभा सदस्य सिंहले गजेन्द्रनारायण सिंह अस्पतालमा विकास समितिबाट असुल भएको ठूलो रकमबारे खर्च विवरणका लागि विशेषज्ञको टोली खटाउन सरकारसँग माग गरेका छन् । अस्पतालका लागि विनियोजित नियमित बजेट खर्च नहुने गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?