Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जंगली जनावरको आतङ्क रोक्न सांसद सिंहको माग


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले सप्तरीका पूर्वी भेगका खेती बाली संरक्षणका लागि हाई प्वाइन्ट निर्माण सरकारसँग माग गरेका छन् ।

आईतवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले किसानले जंगली जनावर र घरपालुवा पशुबाट समेत आतंकित हुनु परेको बताउदै जंगली जनावरको आतंकका कारण किसानले खेतीबाली सुरक्षाका लागि निगरानी गर्ने अवस्थासमेत नरहेको बताए । सप्तरी जिल्लाका पूर्वी क्षेत्रका किसानले हरेक वर्ष जनावरको आतंक व्यहोर्दै आएको उनको भनाइ छ ।

उनले भने, ‘सप्तरीका पूर्वी भेगका किसान, वन्यजन्तु आरक्षणको नामा लोकल गाई भैँसीबाट पनि आतंकित हुनुपर्ने अवस्था छ । त्यहाँको उखुर र गहुँबाली हरेक रात १५–२० बिघा नास भइरहेको छ । किसानले आफ्नो खेतसम्म गएर गोठोलो बस्न पनि पाइँदैन किन की त्यहाँ जंगली जनावरको पनि आतङ्क हुन्छ त्यस कोशी क्षेत्रमा, यो समस्या हरेक वर्ष खेप्तै आएको छ । वन मन्त्रालयमा हाइ प्वाइन्ट निर्माण गरे किसानले बाली सुरक्षा गर्न सक्थे र जनावर पनि सुरक्षित हुन्थ्यो ।’

राष्ट्रिय सभा सदस्य सिंहले गजेन्द्रनारायण सिंह अस्पतालमा विकास समितिबाट असुल भएको ठूलो रकमबारे खर्च विवरणका लागि विशेषज्ञको टोली खटाउन सरकारसँग माग गरेका छन् । अस्पतालका लागि विनियोजित नियमित बजेट खर्च नहुने गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?