Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राजावादी पक्ष कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता भयो


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद राईले प्रतिगामी तत्वहरु संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताउदै मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गरिन्। उनले सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताएकी छिन् ।

उनले भनिन, ‘यतिबेला फेरि प्रतिगामी तत्वहरु कुर्लिंदैछन् । र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन् । हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरु फेरि खोस्न चाहादैछन् । आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् । आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरु दिनदिनै कमजोर बन्दै गइरहेका छन् । हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ । हरेक ठाउँमा अनावश्यक नाराहर गुञ्जिरहेको छ । त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ । हामीले प्राप्त गरेका उपलब्धीहरुको नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं ।’

उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरेकी छिन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?