Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँः सांसद मिश्र


काठमाडौँ। राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उनले शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताएका छन् । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरु आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ ।

उनले भने, ‘देशभरका शिक्षकहरु आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरुको समस्यालाई समाधान गरौं । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरुलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन ।’

उनले फरक प्रसंगमा बोल्दै महिलाहरुको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताएका छन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?