Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँः सांसद मिश्र


काठमाडौँ। राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उनले शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताएका छन् । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरु आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ ।

उनले भने, ‘देशभरका शिक्षकहरु आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरुको समस्यालाई समाधान गरौं । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरुलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन ।’

उनले फरक प्रसंगमा बोल्दै महिलाहरुको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताएका छन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?