Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मेयरको नाममा एसईई परीक्षा दिइरहेका इन्जिनियर ज्वाइँ पक्राउ


१९ चैत्र, राैतहट । मेयरको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राैतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको परीक्षा दिइरहेका बेला नक्कली परीक्षार्थी ३० वर्षीय कमल साह पक्राउ परेका हुन् ।

उनी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ भएको पाइएको छ । पेशाले इन्जिनियर उनी एसईई परीक्षाको दोश्रो दिन समातिएका हुन् ।

नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको नाममा परीक्षा दिइरहेका उनी अनुगमनमा खटिएको टोलीद्वारा पक्राउ परेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?