Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मेयरको नाममा एसईई परीक्षा दिइरहेका इन्जिनियर ज्वाइँ पक्राउ


१९ चैत्र, राैतहट । मेयरको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राैतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको परीक्षा दिइरहेका बेला नक्कली परीक्षार्थी ३० वर्षीय कमल साह पक्राउ परेका हुन् ।

उनी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ भएको पाइएको छ । पेशाले इन्जिनियर उनी एसईई परीक्षाको दोश्रो दिन समातिएका हुन् ।

नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको नाममा परीक्षा दिइरहेका उनी अनुगमनमा खटिएको टोलीद्वारा पक्राउ परेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?