Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास


१९ चैत्र, काठमाडाैँ । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका छन् ।

नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि÷रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।

साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर तीनपटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उनले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताए ।

वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गरे ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?