Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

घटेकै हाे त सरकारी जागिरमा आकर्षण? १७ जनाका लागि जागिर खुल्याे, १ जनाको निवेदन, ती पनि लिखितमै फेल !


काठमाडौँ । नेपाल नागरिक उड्ययन् प्राधिकरण अन्तर्गतको फायर सर्भिसेस चौथो तहका लागि आवेदन खुलायाे । लोकसेवा आयोगले फायर एभिएसन सर्भिसेसका लागि १७ जना कर्मचारी चाहिएको भन्दै विज्ञापन गरेको थियो । विज्ञापन अनुसार खुला ९ जना, महिला ३ जना, आदिवासी जनजाति ३ जना, मधेशी १ जना र अपांगता भएका व्यीक्तका लागि १ जनाको कोटा थियो ।

तर आयोगले गत २० असारमा भने १७ जनाको माग भएकामा आवेदन दिएका १ जनाको मात्र परीक्षा लियो । परीक्षा दिएका ती एकजना पनि पास हुन नसकेको लोकसेवा आयोगले जनाएको छ । १८ फागुनमा लोकसेवा आयोगले निकालेको लिखित परीक्षाको नतिजामा परीक्षामा सामेल १ जना व्यक्ति समेत पास नभएको उल्लेख छ । यो सेवामा लोकसेवाले दशौँ तहसम्मको परीक्षा लिने गरेको छ । तर चौथो तहमा भने निवेदक नै भेटिएनन् भने भेटिएका एक जनासमेत पास हुन सकेनन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?