Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने


काठमाडौँ। फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौंको कमलादीमा १६ औं राष्ट्रिय महाधिवेशन गर्ने भएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जानकारी दिएका छन् । उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पनि सहभागी हुने बताए । उनले महाधिवेशनमा शुभेच्छुक संस्थाहरु,विदेशी, शुभेच्छुकहरु पनि सहभागी हुने बताउदै यस पटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए । उनले ४० जना पर्यवेक्षकहरु रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताए ।

अध्यक्ष ढुंगानाले सबै गरी २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?