Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने


काठमाडौँ। फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौंको कमलादीमा १६ औं राष्ट्रिय महाधिवेशन गर्ने भएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जानकारी दिएका छन् । उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पनि सहभागी हुने बताए । उनले महाधिवेशनमा शुभेच्छुक संस्थाहरु,विदेशी, शुभेच्छुकहरु पनि सहभागी हुने बताउदै यस पटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए । उनले ४० जना पर्यवेक्षकहरु रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताए ।

अध्यक्ष ढुंगानाले सबै गरी २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?