Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बारा- २ मा कांग्रेसले उपेन्द्र यादवलाई सहयोग गर्ने


१९ चैत्र, काठमाडाैँ । बारा क्षेत्र नम्बर २मा  हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ ।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि पनि बैठकमा यादवलाई सहयोग गर्ने विषयमा छलफल भएता पनि ठोस निर्णय हुन सकेको थिएन । तर,आइतबारको बैठकले सर्वसम्मत निर्णय गरेको छ ।

बारा २ मा सहित रिक्त रहेका तीन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, उपनिर्वाचन हुने चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा कांग्रेसले जितनारायण श्रेष्ठ र गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?