Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाजलाई बदल्न विद्रोह जरुरीः महासचिव पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए। उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रुपमा चित्रण गरेका छन् । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्ने कुरा उहाँको जीवनीबाट लिन सकिने बताउदै उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छ भन्नेकुराको विमर्श गर्न जरुरी रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र रहेको पनि बताए ।

महासचिव पोखरेलले भने, ‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ । तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु । लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन गर्नुभएन । त्यही भएर उहाँ अहिले पार्टीको शिर्ष स्थानमा हुनुहुन्छ । दिशा बदल्न चाहनेहरु, विद्रोह गर्न चाहनेहरुले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्छ । सीमालाई उल्लंघन गर्नेहरु असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो ।’

महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभइ पढ्न नपाएको मान्छे भएको बताउंदै ज्ञानका दृष्टिकोणले पढेका मान्छेहरु भन्दा बढी जानकारी रहेको व्यक्ति भएको पनि बताए ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?