Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन्ः स्वास्थ्यमन्त्री


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताएका छन्।

उनले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिंदै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो काम विशिष्टकृत क्षमता भएका व्यक्तिले गर्ने काम हो, त्यसैले तिम्रो क्षमता अलि विशिष्टकृत छ भन्ने कुरा रिकग्नाइज गर्नुप¥यो । यो काम अलि दुःख पनि हुन्छ । डाक्टर नर्सले दबाबमा गर्न सक्दैनन् । मैले त्यो काम गर्न सक्तिन, कसैले ब्लड झिकिरहेको देख्दा मलाई डर लाग्छ । तर म जस्तै मान्छेले त्यो काम गर्छ । अप्रेसन गर्छ, ब्रेन र मुटुको अपरेसन गर्छ । त्यसैले यो काम दबाबमा गर्न सकिँदैन । उहाँहरुलाई दबाब मुक्त बनाउनुप¥यो । काम गर्ने वातावरण बनाउनुपर्यो । कसैले आवेगमा आएर केही गरी दियो भने मेन्टली असुरक्षित बनिरहने वातावरण बनिरहन्छ । त्यस्तो नहुने वातावरण हामीले निर्माण गर्नुपर्यो ।’

मन्त्री पौडेलले सिमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताए। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?