Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन्ः स्वास्थ्यमन्त्री


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताएका छन्।

उनले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिंदै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो काम विशिष्टकृत क्षमता भएका व्यक्तिले गर्ने काम हो, त्यसैले तिम्रो क्षमता अलि विशिष्टकृत छ भन्ने कुरा रिकग्नाइज गर्नुप¥यो । यो काम अलि दुःख पनि हुन्छ । डाक्टर नर्सले दबाबमा गर्न सक्दैनन् । मैले त्यो काम गर्न सक्तिन, कसैले ब्लड झिकिरहेको देख्दा मलाई डर लाग्छ । तर म जस्तै मान्छेले त्यो काम गर्छ । अप्रेसन गर्छ, ब्रेन र मुटुको अपरेसन गर्छ । त्यसैले यो काम दबाबमा गर्न सकिँदैन । उहाँहरुलाई दबाब मुक्त बनाउनुप¥यो । काम गर्ने वातावरण बनाउनुपर्यो । कसैले आवेगमा आएर केही गरी दियो भने मेन्टली असुरक्षित बनिरहने वातावरण बनिरहन्छ । त्यस्तो नहुने वातावरण हामीले निर्माण गर्नुपर्यो ।’

मन्त्री पौडेलले सिमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताए। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?