Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कसैको दया र मायाले आफू तीन/तीन पटक प्रधानमन्त्री बनेको होइनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताएका छन्।

मंगलवार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैको दया र मायाले आफू तीन÷तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गरेका छन् । उनले विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताउंदै आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध अभियान चलाएकै कारण सरकारबाट हट्नुपरेको बताए।

अध्यक्ष दाहालले भने, ‘दलाल, विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी छ । मलाई लाग्छ, नेपाली जनताले आम रुपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरु होउन्,चाहे ठूला हाकिमहरु हुन्, चाहे भूमाफिया, विचौलियाहरु हुन्, तिनीहरुको बिरुद्ध अभियान चलाएकै हुनाले उनीहरुले नै पार्टीका नेताहरुलाई कन्भिन्स गरेर भनौँ, वा कडा भाषामा भन्दा किनेर, दलालहरुलाई खरिद गरेर र हामीलाई बाहिर पुर्याए । हामीलाई कसैले दया माया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दया माया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन । नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पुर्याएको हो ।’

अध्यक्ष दाहालले जनतासँगको विश्वास गुमाउँदा माओवादीहरु अलि बिग्रिएको र अब नहुने बताएका छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?