Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्ने बताएका छन् ।

मंगलवार महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले  मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा दोर्याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने बताएका छन् । राजनीतिको केन्द्र जनतामा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

उनले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘राजनीतिको केन्द्र सबैको जनता हुनुपर्छ । त्यसका लागि लोकतन्त्रको सुदृढिकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ । राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछिडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुनेगरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विषेश ध्यान दिनुपर्छ । नेपालको आकांक्षाअनुसार सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छ । यो बाटोमा मुलुकलाई डोर्याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’

राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधीजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?