Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अहिलेको परिवर्तन माओवादीले ल्याएको होः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् ।

सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताएका छन् । उनले हजारौँ वीर शहीदहरुको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए । माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरतार बलिदानका धेरै कीर्तिमानहरु कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मत्रै यो परिवर्तन सम्भव भएको हो । अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । अहिलेको संविधानमा एकथरी मान्छेहरुले त्यसको प्रश्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन् ।’

अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?