Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सालिन स्वास्थ्यमन्त्रीमाथि संसदमै स्वास्थ्य बीमा अलपत्र पारेको संगिन आरोप !


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पु¥याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाउनु भयो । उहाँले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको सिमालाई पाँच लाख पु¥याएँछु भन्ने महत्वकांक्षी सपना बाँढडनु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानि गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो । चल्ने बेला चाहीँ स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म यसलाई हतोत्साहि बनाउने बानी राम्रो भएन । यसका लागि सल्ला दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौं । स्वास्थ्य बीमा शुरु गरौं मन्त्रीज्युका परिवार र मन्त्रालयबाटै गरौं ।’ उहाँले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?