Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गर्नुपर्छः सांसद कोईराला


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गराउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा उनले सहकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको बताएका छन् । उनले सहकारी कानून बनाउनका लागि अपरिहार्य रहेको बताउदै उनले भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको उल्लेख गरे ।

उनले भने, ‘सहकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको छ । पीडितहरु अहिले पनि आन्दोलनमा छन् । अब जसले सहकारी ठगेको हो, उसको सम्पती रोक्का गरी पीडितलाई रकम फिर्ता गराउनु पर्छ । त्यसैले सहकारी कानून बनाउनका लागि अपरिहार्य छ । भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको छ ।’

सुशासनसम्बन्धी अध्यादेश पनि आम नागरिकको चाहना बमोजिम जवाफदेही र पारदर्शी बनाइ छिटो छरितो ढंगबाट काम अघि बढाउने गरी ऐन आएको बताए ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?