Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कागतीखेतीबाट रु २० लाख आम्दानी


१९ चैत ,पथरी । सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ ।

उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन्‌ उनि ।

लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्केका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन्‌ । यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन् ।

फार्मले तीन जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा रु तीन र बिरुवा प्रतिगोट रु ८० का दरले बिक्री हुँदै आएको छ । उनि भन्छन्‌,“चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।”

बगानमा वार्षिक रु सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट रु आठ लाखसम्म आम्दानी हुने गरेको छ ।

कागतीको दाना र बिरुवाबाट वार्षिक रु २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउछन्‌ । कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए । कृषि प्राविधिकिसमेत रहनुभएका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउछन् । उनि भन्छन्‌ , “ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।”


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?