Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

फोर नेसन्स उमन्स च्याम्पियनसिप नेपाल भर्सेस लेबनान(तस्बिरहरु)


काठमाडौँ। शिर्ष दुईको दाबेदार लेबनानको दोस्रो हारसँगै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल र म्यानमार उपाधिका लागि भिड्ने भएका छन् ।

चार देश सम्मिलित च्याम्पियनसिपमा नेपालले बिहीवार लेबनानलाई १–० ले हराएसँगै म्यानमार र घरेलु टोली उपाधि लागि भिड्ने भएका हुन् । यसअघि पहिलो खेलमा लेबनान म्यानमारसँग ३–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेपछि एक खेल अगावै लेबनानको शीर्ष दुईको सम्भावना समाप्त भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार नै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानमाथि ५–० को जित निकालेको थियो ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र म्यानमारले समान दुई खेल जित्दा लेबनान र किर्गिस्तानले पनि समान दुई हार बेहो¥यो । अब उपाधि भिडन्त गर्नुअघि नेपाल र म्यानमारबीच नै लिगको अन्तिम खेल हुनेछ । स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले निराश बनाएको हो । यो नतिजासँगै समान दुई खेलबाट नेपाल र म्यानमारले समान ६ अंक जोड्यो । करिव १२ हजार घरेलु समर्थकबीच लेबनानले पनि घरेलु टोलीलाई चुनौती दिएको थियो । तर, गोल गर्न नसक्दा साँघुरो हार सामना गरेको हो । खेलको ४२औं मिनेटमा सावित्राले गोल गरेकी हुन् ।

अट्याकिङ मिडफिल्डर विमला चौधरीको सेट पिसलाई सदुपयोग गर्दै उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बलमा परिणत भएको हो । सावित्राले प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । खेलको नवौं मिनेटमा लेबनानले पहिलो अवसर सृजना गरेको थियो । विंगर क्रिस्टी मालौफको प्रहार नेपाली गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले बचाइन् । त्यसको चार मिनेटपछि लेबनानले अर्को अवसरलाई गोलमा परिणत गर्न सकेन । स्ट्राइकर लेला इस्कान्डारले अन्जिलालाई बिट गर्न सकिनन् । १५औं मिनेटमा प्रीति राईको प्रहार आकासियो ।

२६औं मिनेटमा रेखाले फाइनल टच दिन नसक्दा नेपालले अग्रता लिन सकेन । राइट साइडबाट सबिता रानामगरले दिएको क्रसलाई विमलाले वान टच गरेको बललाई रेखालाई गोल गर्न सफल भइनन । इन्जुरी समयमा जाह्वा अरबीले बक्स बाहिरबाट गरेको प्रहार अन्जिलालाई बिट हुँदै क्रस बारमा ठोक्कियो । अब नेपाल र म्यानमारले फेब्रुअरी २३ मा समूहको अन्तिम खेलमा खेल्नेछ । खेल साँझ ६ बजे शुरु हुनेछ । सोही दिन दिउँसो २ बजे किर्गिस्तान र लेबनान आमनेसामने हुनेछन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?