Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

फोर नेसन्स उमन्स च्याम्पियनसिप नेपाल भर्सेस लेबनान(तस्बिरहरु)


काठमाडौँ। शिर्ष दुईको दाबेदार लेबनानको दोस्रो हारसँगै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल र म्यानमार उपाधिका लागि भिड्ने भएका छन् ।

चार देश सम्मिलित च्याम्पियनसिपमा नेपालले बिहीवार लेबनानलाई १–० ले हराएसँगै म्यानमार र घरेलु टोली उपाधि लागि भिड्ने भएका हुन् । यसअघि पहिलो खेलमा लेबनान म्यानमारसँग ३–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेपछि एक खेल अगावै लेबनानको शीर्ष दुईको सम्भावना समाप्त भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार नै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानमाथि ५–० को जित निकालेको थियो ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र म्यानमारले समान दुई खेल जित्दा लेबनान र किर्गिस्तानले पनि समान दुई हार बेहो¥यो । अब उपाधि भिडन्त गर्नुअघि नेपाल र म्यानमारबीच नै लिगको अन्तिम खेल हुनेछ । स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले निराश बनाएको हो । यो नतिजासँगै समान दुई खेलबाट नेपाल र म्यानमारले समान ६ अंक जोड्यो । करिव १२ हजार घरेलु समर्थकबीच लेबनानले पनि घरेलु टोलीलाई चुनौती दिएको थियो । तर, गोल गर्न नसक्दा साँघुरो हार सामना गरेको हो । खेलको ४२औं मिनेटमा सावित्राले गोल गरेकी हुन् ।

अट्याकिङ मिडफिल्डर विमला चौधरीको सेट पिसलाई सदुपयोग गर्दै उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बलमा परिणत भएको हो । सावित्राले प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । खेलको नवौं मिनेटमा लेबनानले पहिलो अवसर सृजना गरेको थियो । विंगर क्रिस्टी मालौफको प्रहार नेपाली गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले बचाइन् । त्यसको चार मिनेटपछि लेबनानले अर्को अवसरलाई गोलमा परिणत गर्न सकेन । स्ट्राइकर लेला इस्कान्डारले अन्जिलालाई बिट गर्न सकिनन् । १५औं मिनेटमा प्रीति राईको प्रहार आकासियो ।

२६औं मिनेटमा रेखाले फाइनल टच दिन नसक्दा नेपालले अग्रता लिन सकेन । राइट साइडबाट सबिता रानामगरले दिएको क्रसलाई विमलाले वान टच गरेको बललाई रेखालाई गोल गर्न सफल भइनन । इन्जुरी समयमा जाह्वा अरबीले बक्स बाहिरबाट गरेको प्रहार अन्जिलालाई बिट हुँदै क्रस बारमा ठोक्कियो । अब नेपाल र म्यानमारले फेब्रुअरी २३ मा समूहको अन्तिम खेलमा खेल्नेछ । खेल साँझ ६ बजे शुरु हुनेछ । सोही दिन दिउँसो २ बजे किर्गिस्तान र लेबनान आमनेसामने हुनेछन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?