Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने उल्लेख गर्दै सानो देशको नागरिक भनेर हिनताबोध नगर्न आग्रह गरेका छन्।

बिहीवार पोखरा विश्वविद्यालयको २० औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो नेपाल दुई ठूला देशको बीचमा परेर सानो देखिएको भएपनि प्राकृतिक र सांस्कृतिक रुपमा ठूलो रहेको बताएका छन् । उनले इमानदारिताले मात्र सफलता प्राप्त हुने उल्लेख गर्दै इमानका साथ मेहेनत गर्न विद्यार्थीलाई आग्रह गर्दै सफलता बेइमानीले नभई इमानदारिताले मात्र प्राप्त गर्न सकिने बताए । उनले इमानदारिताका साथ मेहेनत गरेर समाज र देशको लागि उपयोगि हुन समेत विद्यार्थीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, सधैं इमानदार हुनुस् । इमानदारिताको फलमात्र श्रेययुक्त हुन्छ र सफल पनि हुन्छ । चोरले चोर्न सक्यो र पकेटमारले पकेट मार्नसक्यो भने त्यो सफलता होइन, सफलता सकरारात्मक कुरालाई मात्र भनिन्छ, समाजको हितको लागि गरिने कुरालाई मात्र भनिन्छ । आफ्ना निम्ति राम्रो अरुका लागि नराम्रो हुदैन । सफलता इमानदारिताले मात्र पाइन बेइमानीले पाइँदैन । बैइमानीले लुट्न कोही सफल भयो भने त्यो चरम असफल भयो । कुनैदिन कसैले केही थाहा पायो भने त्यो जेल गयो । त्यसलाई सफलता भनिदैन । सफल हुनका लागि हामीले इमानदार हुनैपर्दछ, सफल हुनका लागि हामी मेहेनती हुनैपर्दछ । इमान र इमादारितामा आधारित सफलता पाउनुपर्दछ । तपाईहरु समाज र देशका लागि उपयोगि हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई असल आचरण घरपरिवारबाटै सिकाउन समेत अभिभावकलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?