Trending
>>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान
Logo
१ बैशाख २०८२, आईतवार
१ बैशाख २०८२, आईतवार

आज मिति २०७९ साल चैत्र १९ गते आइतबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र १९ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ।

मेष – लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला ।

बृष – समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । खर्च बढ्ने, गलत विचार बढ्ने, विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

मिथुन – प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिंदैन ।

कर्कट – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ । त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।

सिंह – दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनको काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।

कन्या – पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशन्सक बन्नेछन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ । जागीरमा सम्मान पाइनेछ ।

तुला – शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ ।

बृश्चिक – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।

धनु – गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ ।

मकर – आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढनेछ । घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैँया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला ।

कुम्भ – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

मीन – व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?