Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ


१८ चैत ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन्‌ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे ।

विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री श्रेष्ठले विपी राजमार्गको माम्दी पुलबाट तेमाल गाउँपालिकाको मेच्छेपौवास्थित म्हानेगाङसम्मको मोटरबाटोको जिम्मा सरकारको तर्फबाट आफूले लिने बाचा गरे । प्राप्त राजनीतिक उपलब्धिलाई कुनै पनि कोणबाट गुम्न नदिई अझ बलियो बनाउने काममा लाग्न आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले प्राप्त उपलब्धिलाई कमजोर पार्न खोज्ने प्रवृत्ति र असंवैधानिक क्रियाकलापविरुद्ध खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।

उनले जनताको सहयोगबाट निर्माण भएको गुम्बाबाट यहाँका स्थानीयको आस्थालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले जनताको अपेक्षा रहेको शिक्षा, स्वास्थ्य, बाटो कृषि र रोजगारलाई अभियानकै रूपमा अगाडि बढाउने काममा आफू प्रतिबद्ध रहेको बताए ।

सो क्रममा उनले निर्माण भएको गुम्बाको संरक्षण गर्ने जिम्मा समाजको रहेकाले त्यसमा सबैले ध्यान दिन उनले आग्रह गरे । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जगत दोङले गुम्बा बनाउनु भनेको कर्मकाण्डीका रूपमा रहेर नभई समाजसँग जोड्दै बुद्धका शिक्षालाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ निर्माण गरेको बताए ।

गुम्बामा परम्परागत ज्ञानमा आधारित उपचार पद्धतिलाई सोही गुम्बाबाट सुरु गर्ने योजनासमेत रहेको उनले जानकारी दिए । गुरु पद्मसम्भवको तपोभूमि, धार्मिक, ऐतिहासिक एवं तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा स्थानीय बासिन्दाको सक्रियतामा आम सहयोगीदाताको सहयोगबाट निर्माण भएको गुम्बाको लामा गुरु क्याब्जे श्याल्पा तेञ्जिन रेन्पोछेबाट ह्राप्ने पूजा गरी गुम्बाको उद्घाटन गरिएको थियो ।

सो क्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दोङले गाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसँगै पक्की मोटरबाटो गाउँको विकासको मुख्य आवश्यक रहेको भन्दै माम्दीबाट पौवाको म्हानेगाङसम्म बाटो निर्माण गर्न आग्रह गरे । अध्यक्ष दोङको बुवाआमाका नाममा रहेको दुई रोपनी १५ आना जग्गा गुम्बाका नाममा दान गरेपछि आवश्यक रकम जुटाएर गुम्बा निर्माण सम्पन्न गरेको उपभोक्ता समितिले जनाएको छ ।

सत्ताइस महिना लगाएर गुम्बा निर्माणपश्चात उद्घाटन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सो ठाउँमा निर्मित गुम्बामा बुद्धको इतिहास लेख्ने, गुरु रेन्पोछे (गुरु पद्मसम्भव) को इतिहास लेख्ने तथा तामाङ राजा ह्रिञ्जेन दोर्जेको इतिहास लेख्ने काम गर्ने योजना रहेको छ । जसबाट बाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्न धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा गुम्बाले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासी भनाइ छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?