Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय


काठमाडौँ। राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा उनले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताए । उनले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरु गम्भिर बन्न समेत उनले आग्रह गरे ।

उनले भने,‘जसले तीन तीन पाटक जनआन्दोलन गरेर यो मुलुकमा परिवर्तन ल्यायो । चाहे २००७ सालको आन्दोलन होस् । चाहे ०४६ सालको आन्दोलन होस्, चाहे ०६२÷६३ सालको आन्दोलन होस् । त्यो आन्दोलनबाट प्राप्त जुन संविधान छ । त्यो संविधानबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आज यसमा कुनै साइनो नभएका व्यक्तिहरुले संविधानमाथि प्रहार गर्नेगरी राष्ट्रिय सभाको जुन गरिमा छ । यस गरिमालाई कमजोर बनाउने गरी जुन खालका प्रवृतिहरु आएका छन् । यसमा हामी गम्भिर हुनुपर्दछ । मुलुकको परिवर्तनका निम्ति जुन जुन दलहरु सहभागि भयौं सबैले एकतावद्ध भएर यो संविधानलाई रक्षा गर्नको लागि आग्रह गर्न चाहन्छु ।’

उनले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढिकरण जरुरी रहेको बताए ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?