Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय


काठमाडौँ। राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा उनले परिवर्तनका लागि लड्नेहरुसँग कुनै साइनो नभएका व्यक्तिहरु संविधानमाथि प्रहार गर्दै राष्ट्रिय सभाको गरिमालाई कमजोर बनाउने प्रयासमा लागेको बताए । उनले संविधान र व्यवस्थामाथि प्रहार भइरहेकोले सबै राजनीतिक दलहरु गम्भिर बन्न समेत उनले आग्रह गरे ।

उनले भने,‘जसले तीन तीन पाटक जनआन्दोलन गरेर यो मुलुकमा परिवर्तन ल्यायो । चाहे २००७ सालको आन्दोलन होस् । चाहे ०४६ सालको आन्दोलन होस्, चाहे ०६२÷६३ सालको आन्दोलन होस् । त्यो आन्दोलनबाट प्राप्त जुन संविधान छ । त्यो संविधानबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । आज यसमा कुनै साइनो नभएका व्यक्तिहरुले संविधानमाथि प्रहार गर्नेगरी राष्ट्रिय सभाको जुन गरिमा छ । यस गरिमालाई कमजोर बनाउने गरी जुन खालका प्रवृतिहरु आएका छन् । यसमा हामी गम्भिर हुनुपर्दछ । मुलुकको परिवर्तनका निम्ति जुन जुन दलहरु सहभागि भयौं सबैले एकतावद्ध भएर यो संविधानलाई रक्षा गर्नको लागि आग्रह गर्न चाहन्छु ।’

उनले संविधान र लोकतान्त्रि व्यवस्थाको सुदृढिकरण जरुरी रहेको बताए ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?