Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

खोटाङको हलेसी बजारमा भएको आगलागिबारे सांसदहरुले गराए सरकारको ध्यानाकर्षण


काठमाडौँ। खोटाङको हलेसी बजारमा आईतवार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले आगलागि पीडितहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् । आगलागिको नियन्त्रणका लागि आवयक पूर्वतयारी नगर्दा गम्भिर आगलागिका घट्नाहरु बढ्दै गएको उनीहरुको भनाइ छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमयले आगलागी नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका गराए । उनले स्थानीय पदम राईको हार्डवेयर पसलबाट सल्केको आगो समयमै नियन्त्रणमा लिन नसक्दा दुई पसल र दुई घर जलेर पूर्णरुपमा ध्वस्त भएको बताउदै सरकारले हरेक क्षेत्रमा दमकलको व्यवस्था गर्न सरकारसँग माग समेत गरे । उनले आगलागि पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकार र सदनको ध्यानाकर्षण गराए।

उनले भने, ‘खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ७ हलेसी बजारस्थित ठूलो आगलागिको घट्ना घटेको छ । त्यो घटनामा पदम राईको खाना पकाउने भान्सामा आगलागी भई राईले सञ्चालन गरेको पूजा स्टोर, हार्डवेयरको पसल र दास्रो तलामा निधन उत्थान लघुवित्त संस्था पूर्णरुपमा क्षति भएको छ । अन्य धेरै पसल, होटेल र घरहरुमा क्षति भएको छ । स्थानीय समुदाय र सुरक्षा निकायको अथक प्रयासबाट ठूलो क्षति हुनबाट जोगिएको छ । सबैले मिलेर ग्याँस सिलिण्डहरु बाहिर फालेर ठूलो दुर्घटनाबाट जोगाएको छ । सरकारसँग म भन्न चाहान्छु कि दमकलको त्यहाँ अति नै आवश्यमकता छ । दमकल नभएको हुनाले अन्य उपायको माध्यमबाट आगो निभाउन सफल भएको छ । त्यहाँका आगलागि पीडितलाई क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले खोटाङ हलेसीका आगलागिका पीडितलाई तुरुन्त क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउदै उनले त्यस क्षेत्रमा खानेपानीको समेत अत्यन्तै समस्या भएको उल्लेख गर्दै खानेपानीको व्यवस्था गर्नुपर्ने बताए।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले खोटाङको हलेसी बजारमा लागेको आगलागि दमकल नभएको कारण समयमै नियन्त्रणमा आउन नसकेको बताए । उनले आगलागिमा कुनै मानवीय क्षति नभएपनि करोडौं रुपैयाँको क्षति भएको उल्लेख गरे । आगलागिको घट्ना हलेसीको लागि मात्र नभई समग्र मुलुकको गम्भिर समस्या बन्दै गएको उनको भनाइ छ । उनले हलेसी आगलागिको घटनाबाट पाठ सिक्दै सरकारले गम्भिर कदम चाल्नुपर्नेमा उनको जोड छ ।

खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिव चार घण्टापछि नियन्त्रणमा आएको थियो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिण्डरबाट साँझ ६ बजेतिर शुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिव ११ बजे मात्र नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?