Trending
>>   चीन सरकारद्वारा म्यानमारलाई सातौं चरणको सहयोग प्रदान >>   आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शु्न्य जस्तै छः पर्यटनसचिव सिंह >>   काठमाडौंमा शिक्षकहरुको प्रदर्शन जारी >>   ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग >>   छानबिन समितिले सुरु गर्‍यो आनन्दी सदाय मृत्यु प्रकरणमा अनुसन्धान >>   प्रहरीको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ >>   अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु >>   इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु >>   रिहा भएपछि अध्यक्ष लिङ्देनको प्रतिक्रिया : आन्दोलन निरन्तर जारी छ >>   राप्रपाका सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटे
Logo
८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

‘किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लगिरहेको आरजु राइस मिल’


काठमाडौँ। नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ ।

मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिव ४ हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरुलाई सुलभ मूल्यमा धान विक्री गर्दै आएको छ । मिलले धान उत्पादक किसानलाई धान भित्र्याउनका लागि आवश्यक उपकरण सहयोग गर्ने र बजारको सुनिश्चितता गरिदिएपछि धानखेतीतर्फ किसानको आकर्षण समेत बढ्दै गएको छ ।

मोरङका किसान दिव्यराज खतिवडाले आरजु राइस मिलसँग जोडिँदा धेरै सुलभता र सहज भएको बताए। उनले आफू उक्त मिलसँग यान्त्रिकीकरणका लागि जोडिएको भएपनि अहिले उत्पादित धान समेत मिलले नै किन्ने गरेको बताए । धान उत्पादनमा सहयोग गर्ने र उत्पादित धानले उचित मूल्य पाएपछि आफूहरुलाई कुनै समस्या नरहेको बताए। आरजु राइस मिलले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्ने भएकोले आफूहरु ढुक्क भएर धान खेती गरिरहेको बताएका छन् ।

उनले भने, ‘आरजु राइस मिलसँग जोडिएको चाहीँ यान्त्रिकरणकै लागि हो । किनकि खेती गरिन्छ, हार्वेस्टिङ छैन । जनशक्तिको अलि कमि भयो । त्यसकारण पनि जोडिएको हो । पछि उहाँहरुले मिल स्थापना गरिसकेपछि धान खरिद नि गर्न थाल्नुभयो । एउटा समूहगत रुपमा सहकार्य गरेर अहिलेसम्म आइरहेका छौं । उहाँहरुले निःशुल्क रुपमा प्राविधिक सहयोग गर्नुभएको छ । समस्याहरु आयो भनेर भन्यौं भने तुरुन्तै प्राविधिकहरु पठाउने र त्यसको निक्र्यौल गर्ने एउटा भयो । र धान काट्ने हार्वेस्टिङ उहाँहरुले उलब्ध गराउनुभएको थियो । त्यस्तै उहाँले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्नुहुन्छ । योभन्दा कम मूल्यमा जाँदैन है । बजार बढ्यो भने बढाइदिने र र नभएपनि निश्चित मूल्य भन्दा कममा जाँदैन भनेपछि हामी ढुक्क भएर खेतिकिसानी गर्दैछौं । हामी दुई रोपनीमा उहाँहरुसँग मिलेर चैते र असारे धान खेती गर्दै आएका छौं । यसमा सबैभन्दा सबल पक्ष भनेको पेमेन्ट नै । अर्को उपकरणहरुको सुलभता नै हो । राम्रो छ ।’

बाहिर बजारमा धान बेचेको पैसा समेत समयमा नआउने भएको कारण आरजु मिलसँग सहकार्य गरेको उनको भनाइ छ । अर्को किसान सोमबहादुर पौडेलले धान खेती गर्दा आवश्यक उपकरणहरु पठाइदिने धान खरिद गर्ने भएको कारण धेरै सहज भएको बताउदै बजारको समेत चिन्ता नहुँदा व्यवसायिक धान खेती गर्दै आएको उनले सुनाए । उनले मिलले प्रत्येक वर्ष नयाँ प्रजातिको धानको बीउ वितरण गर्दा भने रोग लाग्ने र उत्पादन घट्ने चिन्ता रहेको पनि बताए । उनले किसानलाई राम्रो सुलभता दिएकै कारण यहाँका किसानहरु सामुहिक धान खेती गरिरहेको बताए ।

उनले भने, ‘म आरजु राइस मिलसँग विगत चार वर्षदेखि जोडिएको हुँ । उहाँहरुले मिल स्थापना गर्नुभन्दा अगाडि नै हार्वेस्टर मेसिनरहरु ल्याउनुभयो । उहाँहरुसँग हामी जोडिनुको मुख्य उद्देश्य के हो भने वर्षे धान लगाउँदाखेरि आवश्यक उपकरणहरु पठाइदिने र धान खरिद गरिदिने गर्नुहुन्छ । केही समस्या नभएको कारण अहिलेसम्म जोडिराखेका छौं । एउटा समस्या चाहीँ के छ भने उहाँहरुले धान चाहीँ नयाँ नयाँ ल्याउनुहुन्छ । यो पटक पनि बोलाउनुभएको थियो गयौं । नयाँ नयाँ धानकै कुरा राखेपछि त्यसो हुँदा उत्पादन कम हुने र रोग लाग्ने भएको कारण सहकार्य गरिएन । आज किसानको बीचमा जुन छलफल राख्नुभयो । त्यसमा हामी खुशी छौं । हामीले मिलसँग नजोडिकन बाहिर पनि धान बेच्न सकिन्छ । तर बाहिर चाहीँ व्यापारिले पैसा देला कि नदेला भन्ने समस्या हुन्छ । त्यहाँ चेक तुरुन्तै पाउँछ किसानले अहिले राम धान लगाउने विषयमा छलफल चलिराखेको छ । अन्य ठाउँभन्दा राम्रो व्यवस्था भयो भने त समूहगत नै अझै धानखेति गर्न सकिन्छ, गरिन्छ ।’

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिलले धानको आयात घटाउन सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको बताउदै उनले सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना गर्न नसकिने समेत बताए । उनले धानखेतीमा आत्मनिर्भर बन्न र व्यवसायिक धान खेती गर्नको लागि आरजु राइस मिलले सहकार्य किसानसँग सहकार्य गरिरहेको र अन्य किसानहरुलाई समेत आरजु राइस मिलसँग सहकार्य गर्न आह्वान गरेका छन् ।

उनले भने, ‘आरजु राइस मिलले सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको छ । सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना नै गर्न सकिँदैन । नत्र मल्टि इन्टरनेसनलहरु आएर सबै खाएर सक्छन् यहाँ । त्यसकारण हामी आफ्नो खुट्टामा उभिनको लागि भनेर विज्ञहरु सामुदायिक उद्यमशीलता भनेर व्यख्या गरिराखेको छ । सामुदायिक उद्यमशीलताको कन्टेक्समा अब हामी अगाडि बढ्नुप¥यो । अब राइस मिलललाई सहकार्य गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई । मैले यो सबै गर्नुको उद्देश्य अबको हाम्रो पुस्ता पलायन नहोस् भन्ने मात्रै हो । नत्र भने मलाई यहाँनिर आएर यसरी भिड्नुपर्ने जरुरत नै छैन । अगामि पुस्ताको लागि गर्न खोजिरहेका छौं ।’

उनले किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन गरिरहेको बताए । ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ । किसानका लागि रोपाईंभन्दा अगाडि नै मिलले धानको न्युनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?