Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्वास्थ्य उपकरण खरिदमा प्रदीप पौडेलकाे संलग्नता? यसाे भन्छ मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ ।

प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित विभागीय प्रमुखकै जिम्मेवारी रहने सार्वजनिक खरिद ऐनको व्यवस्था उल्लेख गर्दै कानूनको पालना नभएको अवस्थामा सम्बन्धित कर्मचारीहरु नै जिम्मेवार रहने कुरा बेवास्ता गरी मन्त्री तथा पदाधिकारीलाई निराधार आरोपमा निहित स्वार्थपूर्तिका लागि निरन्तर समाचार प्रकाशन हुनु पत्रकारिताको सिद्धान्त, मर्म र भावना विपरित रहेको छ । विज्ञप्तिमा केही समययता मन्त्रालयले थालेका सुधारका कामलाई ओझेलमा पार्ने र आम जनमानसमा भ्रम पैदा गर्ने काम भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनियताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ ।

यसैबीच, स्वास्थ्य सेवा विभागलेसमेत एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा भै नसकेको अवस्थामा यसलाई प्रभावित पार्ने गरी गलत समाचार प्रकाशन भएको भन्दै नियमानुसार नै प्रक्रिया अघि बढिरहेको उल्लेख गरेको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?