Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

चीनद्वारा नेपाललाई विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण


काठमाडौँ। चीन सरकारले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ ।

बुधवार नेपालका लागि चीनका राजदुत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय हस्तान्तरण गरेका छन् । साथै आजबाट नै कीर्तिपुरस्थित विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी प्रदर्शनी शुरु भएको छ । नयाँ सामग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चीनले नेपाललाई धेरै पहिलादेखि प्रविधि, विकास निर्माण, शिक्षा, पर्यटन, विज्ञानका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे । साथै अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, स्वास्थ्य क्षेत्र लगायतका बेलामा पनि सहयोग गरेको बताउदै उनले चीनसँग नेपालको सीमा जोडिएको मात्र नभइ जनता—जनता बीचको सम्बन्ध पनि प्रगाढ रहेको बताए  । बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत चीनले नेपालमा धेरै अवसर सिर्जना गरेको बताए ।

उनले चीनले नेपाललाई अध्ययन, अनुसन्धानको क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउदै उनले  विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियमको माध्यमबाट चीन सरकारले नेपालका अध्ययन, अनुसन्धानकर्ता, विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गरेको बताउदै  विज्ञान प्रविधिको विकासका लागि संग्रहालयले ठूलो भुमिका निभाउनेमा सरकार विश्वस्त रहेको बताए  ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?