Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

चीनद्वारा नेपाललाई विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण


काठमाडौँ। चीन सरकारले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ ।

बुधवार नेपालका लागि चीनका राजदुत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय हस्तान्तरण गरेका छन् । साथै आजबाट नै कीर्तिपुरस्थित विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी प्रदर्शनी शुरु भएको छ । नयाँ सामग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चीनले नेपाललाई धेरै पहिलादेखि प्रविधि, विकास निर्माण, शिक्षा, पर्यटन, विज्ञानका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे । साथै अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, स्वास्थ्य क्षेत्र लगायतका बेलामा पनि सहयोग गरेको बताउदै उनले चीनसँग नेपालको सीमा जोडिएको मात्र नभइ जनता—जनता बीचको सम्बन्ध पनि प्रगाढ रहेको बताए  । बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत चीनले नेपालमा धेरै अवसर सिर्जना गरेको बताए ।

उनले चीनले नेपाललाई अध्ययन, अनुसन्धानको क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउदै उनले  विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियमको माध्यमबाट चीन सरकारले नेपालका अध्ययन, अनुसन्धानकर्ता, विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गरेको बताउदै  विज्ञान प्रविधिको विकासका लागि संग्रहालयले ठूलो भुमिका निभाउनेमा सरकार विश्वस्त रहेको बताए  ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?