Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने


१८ चैत्र, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् ।

उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति लुला अप्रिल ११ देखि १४ तारिखसम्म चीनमा रहनुहुने राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको हो ।

जनवरीमा ब्राजिलको राष्ट्रपतिकोरूपमा सत्ता सम्हालेका ७७ वर्षीय बामपन्थी नेताको भ्रमण दुई देशबीचको राजनीतिक, आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत पार्न केन्द्रित रहने बताइएको छ ।

भ्रमणले दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चिसिएको बेइजिङसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने विश्वास गरिएको छ । लुलाले ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग घनिष्ठ सम्बन्ध बनाउन चाहेको ब्राजिलका अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?