Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अध्यागमन हिरासत आप्रवासी मृत्यु प्रकरणः छ जनाविरुद्ध पक्राउ पुर्जी जारी


१८ चैत्र, एजेन्सी। मेक्सिकोको एक अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउडाड जुआरेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई वेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूलाई हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् ।

यसै साता जुआरेजको अध्यागमन हिरासतमा मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको जलेर मृत्यु भएको थियोभने सत्ताइस जनाभन्दा बढी गम्भीर घाइते भएका थिए ।

हिरासतमा रहेका आप्रवासीले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर विरोध गर्दा उक्त घटना भएको थियो । अध्यागमन अधिकारी र सुरक्षाकर्मी आगो लागेको देखे पनि त्यसलाई वेवास्ता गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए । आगलागीमा ज्यान गुमाउने तथा घाइते हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?