Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

केराका बोट सुक्न थालेपछि किसान चिन्तित


गलेश्वर (म्याग्दी) । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भने, “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन ।” उनले चार रोपनीमा केराखेती गरेका हुन् ।

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका-२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए । “छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन”, उनले भने । कृषि प्राविधिकहरूले पनि रोग पहिचान गर्न नसकेको उनले बताए ।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।

विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुखेसो गरे ।


प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?