Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

ओलीको प्रशंसा गर्दै देउवाले भने-‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन !’


काठमाडाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्।

‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’

उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन् । केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ । अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन ।’


प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?