काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जना ब्यक्ति र ६ वटा संस्थाले साहारा बहुउद्देश्यीय सहकारी संस्था चितवनको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना गरेको तथ्य सहित ठगी तथा संगठित अपराध कसुरमा सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा फेरी मुद्दा दर्ता गर्ने भएको छ ।
जिल्ला अदालत चितवनमा आज दर्ता गर्ने तयारी गरिएको मुद्दा समय अभावका कारण दर्ता नभएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार