Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गुणकारी अमलाः खाँदा फाइदै फाइदा !


काठमाडौँ। अमला, जसलाई आवला पनि भनिन्छ । यो फल पौष्टिक फल हो जुन स्वास्थ्य का फाईदाजनक मानिन्छ ।

अमलामा भिटामिन सी, एन्टीअक्सिडेन्ट, फाईबर, आईरन, क्यालिसियम, फस्फोरस र अन्य आवश्यक खनिजहरु प्रचुर मात्रामा पाइने हुनाले आज भोलि नेपाली बजारमा यो फलको माग बढेको छ ।

यस्ता छन् आयुर्वेदमा बताइएका अमलाका गुणहरु  :-

१.  यसले निम्न रोगमा फाइदा गर्दछ : रक्तपित्त,प्रमेह, वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ,कब्जियत,शरीर चिलाउने रोग, कुष्ठरोग, जरो, तिर्खा–रोग,डाह र वाकवाकी
२. यसले आयु बढाउन मद्दत गर्दछ र चाँडै बुढ्यौली आउन दिँदैन ।
३. अमलाको अर्क (आयुर्वेदीक मदिरा) ले त्रिदोष, रक्तपित्त र प्रमेह नाश गर्दछ ।
४.  सामान्यतः अमिलो कुरा दूधसँग खान हुँदैन तर अमिलो भएपनि अमला भने दूधसँग खान हुन्छ ।
५.  यसले खानमा रुची जगाउँदछ र शीतल गर्दछ ।
६.  अमला आँखाका लागि हितकर हुन्छ ।
७.  यो तागतिलो, शरीरको वर्णमा निखार लेराउने, धैर्यवर्धक, वीर्यवर्धक र बुद्धिवर्धक हुन्छ ।
८.  अमला पकाइएको रसमा पुनः अमलाकै धुलो हाली मन्द आँचमा उमालेर लेदो बनेपछि त्यसलाई घिउ र दूधसँग फिटेर खाने गरेमा यौन–क्षमता वृद्धि हुन्छ ।
९.  अमलाले मानिसले खाएपिएको कुरासँग विद्वेष (वैरभाव) नगरी ती शरीरभित्र जहाँ छन् त्यहीँ गई ती कुरासँग मिसिएर तिनको दोष नष्ट गर्ने (वान्ता वा दिसा नलगाई रोग ठिक गर्ने) काम गर्दछ ।
१०.  सामान्यतः अमिलो रस खानाले शरीरमा पित्तको मात्रा बढ्दछ तर अमलाको अमिलोले पित्त बढ्दैन ।
११.  अमलाको तेलको नस लिनाले टाउकाका सबै रोग नाश हुन्छन् । अमलालाई गाईको घिउमा पिसी टाउकामा दल्नाले र (सो ओखती गर्ने अवधिभर) चिल्लो र तात्तातो खानेकुरा खाने गर्नाले सबै खालका टाउकाका रोग नाश हुन्छन् । प्रमेहका रोगीले अमलाको रस बेसार र महसँग फिटेर खाने गर्नू । अमलाको रसमा भिजाइएको अमलाकै धुलो मह, घिउ र सखरसँग मिसाएर चाटी दूध पिउने गरेमा यौनशक्ति बढ्दछ ।
१२.  दैनिक एउटा अमला पिसेर नदी, जलाशय वा वर्षाको पानीलाई कालो (फलामको) भाँडामा उमाली लेदो बनाएर खाने गरे स्त्रीको शरीर दुब्लो हुन्छ ।
१३.  खाना खानुभन्दा अघि वा पछि जतिखेर खाएपनि अमला सजिलै पच्दछ र अमृततुल्य हुन्छ ।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?