Trending
>>   नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड >>   ‘बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधि’ >>   विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेनः मन्त्री दाहाल >>   ज्ञानेन्द्र शाही भन्छन- ‘अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको एकएक हिसाव माग्नुपर्छ !’ >>   के हुँदैछ देशमा? एकाएक देउवाको भारत जाने कार्यक्रम रद्द ! >>   नेपाली छात्रा प्रकृति लम्सालको नाममा किट विश्वविद्यालयले ‘विशेष छात्रवृत्ति’ दिने >>   केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको मध्यराति नै अन्तिम संस्कार ! >>   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको छानबिन गर्न चन्द्र भण्डारीको माग ! >>   प्रधानमन्त्री बन्लान पूर्वराजा ज्ञानेन्द्र? >>   दिल्लीको मुख्यमन्त्रीमा केजरीवाललाई पछारेकी रेखा गुप्ता ! आज शपथ
Logo
८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताउदै आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गरेका छन् ।

उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताए ।

मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताउदै अध्यादेशले यसको प्रवन्ध गरिएको र आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास गरिएको बताए । यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने बताए ।


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?