Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

दिल्लीको मुख्यमन्त्रीमा केजरीवाललाई पछारेकी रेखा गुप्ता ! आज शपथ


भारत । दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्दैछिन् । उनले आज शपथ लिनेछिन् । रेखासँगै अन्य ६ जानले पनि आज शपथ लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो ।

यस्तै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए।

भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो । दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एकएक गरी कुरा गरेका थिए ।
यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो । मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुने उल्लेख छ । हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो । दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?