Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ ।

माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा शहीद दिवसमनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताउन्दै उनले  शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘शहीदहरुले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरुको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भुमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?