Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ ।

माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा शहीद दिवसमनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताउन्दै उनले  शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘शहीदहरुले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरुको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भुमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?