Trending
>>   असनमा आगलागी ! >>   काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी? >>   काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा ! >>   महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै >>   इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ >>   ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब अमेरिकी डलरको एआई पूर्वाधार लगानीको घोषणा >>   नेपालमा पछिल्लो ६ महिनामा मात्र आगलागीमा परी २२ जनाको मृत्यु >>   प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम शुरु >>   भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु >>   सरकार पूर्णतः असफल र डेलिभरी दिन नसकेको हाम्रो निस्कर्ष होः डोलप्रसाद अर्याल (अन्तरवार्ता)
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

नेपालमा पछिल्लो ६ महिनामा मात्र आगलागीमा परी २२ जनाको मृत्यु


काठमाडौँ । चालु आर्थिक वर्ष (२०८०/०८१) शुरु भए यता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताएका छन् । उनकाअनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ जना पुरुष र १६ जना महिला रहेका छन् । उनले यही अवधीमा आगलागीका घटनाबाट १ हजार ६ सय ५६ घर परिवार प्रभावित भएको बताए ।

आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबराको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गर्दै सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको र सोही अवधीा आगलागीमा परी १७९ तथा डढेलाबाट २६ जना घाइते भएको बताए ।

उनले तीन उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै उनले नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको बताए ।

उनले आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउदै उनले आगलागीजन्य विपद् न्युनिकरणकाल लागि स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइएको समेत बताएका छन् । सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको बताए ।

जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताए। २०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा १ हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन् । जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?