Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम शुरु


काठमाडौँ । भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने भएको छ ।

बुधवार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलन गर्दै औपचारिक रूपमा शुरु गरिएको हो । नेपालमा प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावरले संयुक्त रुपमा प्रोजिल ग्रिन इनर्जी नेपालले कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाट भन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ । देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालले जनाएको छ ।

प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान गु्रपका अध्यक्ष अक्षय गोल्यानले बताए । उनले नेपाल विद्युत प्राधिकरणले ९६० मेगावटको सोलार उत्पादमा पीपीए गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रिन इनर्जी प्राविधक पान्टनरका रुपमा काम गर्ने बताउंदै उनले प्रोजिल ग्रिन इनर्जीले उद्योगहरुमा सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी दिने लक्ष्य राखेको बताए ।

उनले गोल्यान पावरसँग मिलेर ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्यअनुसार २ सय मेगावाट बनाउने सम्झौता भइसकेको र रिलायन्स स्पिनिङ मिल्सको खपतको लागि पनि उद्योगको छतमा ९ मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि तयारी भइसकेको बताए ।

प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले प्रोजिल ग्रिन इनर्जीसँगको साझेदारीले नेपालमा नविकरणीय ऊर्जा र दिगोपन प्रतिको प्रतिवद्धतालाई प्रतिविम्वित गर्ने बताउदै उनले प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य गरी नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने उदेश्यले सहकार्य शुरु गरिएको बताएका छन् । उनले विश्वस्तरीय ऊर्जा सम्बन्धी सोलुसनहरू उपलब्ध गराएको बताएका छन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाउँदा वर्षमा १ एक हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने बताउदै उनले विद्युत उत्पादनमा वृद्धि गर्नसके मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्युन मात्रै किन्नुपर्ने अवस्था आउने बताए । उनले अहिले ८ सय मेगावाटको टेण्डर भएपनि जानकारीमा नभएको बताउदै उनले सोलार ऊर्जालाई अगाडि बढाउने विषयमा अझै प्रष्ट नीति नभएको र सरकारले ल्याउन लागेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएको बताए । उनले विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भएपनि अहिले ३५ वर्षको कुरा आउनु उचित नभएको बताएका छन् ।

प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तिब्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउण्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्टहरू दुवै विकास गर्ने लक्ष्य राखेको छ ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?