Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा !


काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साइबर अपराध मुद्दामा एक युवकलाई कैद र जरिवाना गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका घर भएका महेश सिंह कोट्टारीलाई एक महिना कैद र २० हजार रुपैयाँ पीडित युवतीलाई क्षतिपूर्तिवापत भराउने फैसला भएको हो।

कोट्टारी र पीडित युवतीबीच फोन, म्यासेञ्जरलगायतका सामाजिक सञ्जालबाट कुराकानी हुने गरेको थियो । यसैबीच २६ फागुन २०७९ मा उनी युवतीसँग भेट्न आएका थिए । विवाहको कुरा गर्दा अहिले आफूहरुको बिहे गर्ने बेला भएको छैन भनी युवतीले सम्झाएकी थिइन् । कोट्टारीले नमानेपछि युवतीका अभिभावकले पनि उनलाई सम्झाएका थिए।

तर, कोट्टारीले युवतीको फोटो अर्कै फोटोमा जोडेर, भिडियो कलका स्क्रिनशट, सम्बन्धमा हुँदा लिइएका तस्वीरहरु नक्कली आइडी बनाइ फेसबुकलगायतका सामाजिक सञ्जालमा राखिदिएका थिए। युवतीका आफन्त र साथीहरुलाई पनि उनले ती तस्वीर मेसेञ्जरमा पठाउने गरेका थिए।

साथै कोट्टारीले ती तस्वीर युवतीलाई समेत पठाएकोमा उनले ती सबै हटाउन र जथाभावी नपठाउन आग्रह गरेकी थिइन् । तर उल्टै उनले त्यसवापत युवतीसँग २५ लाख रुपैयाँ मागेको युवतीले दिएको जाहेरीमा उल्लेख छ । साथै परिवारलाई नै सिध्यादिने भन्दै विभिन्न अश्लील मेसेज गरेको उनको भनाइ थियो ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?