Trending
>>   हाम्रो आन्दोलन यथावत छ, समाधान नभइ अगाडी जान सकिँदैनः माओवादी केन्द्र >>   विपक्षी दलहरूले बजेट पारित गर्न सहजीकरण गर्नेमा विश्वस्त छौँः नेपाली काँग्रेस >>   राजसंस्था पुनःस्थापनाको माग गर्दै माईतीघरमा राजावादीहरुको प्रदर्शन >>   करिब १ हजार २ सय ५० किलो गाँजा सहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ >>   आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको छुः अर्थमन्त्री पौडेल >>   गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानविन समिति चाहियोः रास्वपा >>   ‘असारे भ्रमण’ भनेर प्रश्न उठ्छ, आर्थिक वर्षको अन्त्यतिर अनुगमन भ्रमण नगरौँः कार्यवाहक सभापति अर्याल >>   मृगौला प्रत्यारोपणपश्चात सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही शेर्पालाई स्वास्थ्य मन्त्रीको सम्मान >>   एमसीसीबाट आगामी वर्षमा करिव ६ अर्ब अनुदान आउने सरकारलाई आश >>   बजेट २०८२/८३ करको दर, दायरा कति विस्तार भयो ?
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा !


काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साइबर अपराध मुद्दामा एक युवकलाई कैद र जरिवाना गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका घर भएका महेश सिंह कोट्टारीलाई एक महिना कैद र २० हजार रुपैयाँ पीडित युवतीलाई क्षतिपूर्तिवापत भराउने फैसला भएको हो।

कोट्टारी र पीडित युवतीबीच फोन, म्यासेञ्जरलगायतका सामाजिक सञ्जालबाट कुराकानी हुने गरेको थियो । यसैबीच २६ फागुन २०७९ मा उनी युवतीसँग भेट्न आएका थिए । विवाहको कुरा गर्दा अहिले आफूहरुको बिहे गर्ने बेला भएको छैन भनी युवतीले सम्झाएकी थिइन् । कोट्टारीले नमानेपछि युवतीका अभिभावकले पनि उनलाई सम्झाएका थिए।

तर, कोट्टारीले युवतीको फोटो अर्कै फोटोमा जोडेर, भिडियो कलका स्क्रिनशट, सम्बन्धमा हुँदा लिइएका तस्वीरहरु नक्कली आइडी बनाइ फेसबुकलगायतका सामाजिक सञ्जालमा राखिदिएका थिए। युवतीका आफन्त र साथीहरुलाई पनि उनले ती तस्वीर मेसेञ्जरमा पठाउने गरेका थिए।

साथै कोट्टारीले ती तस्वीर युवतीलाई समेत पठाएकोमा उनले ती सबै हटाउन र जथाभावी नपठाउन आग्रह गरेकी थिइन् । तर उल्टै उनले त्यसवापत युवतीसँग २५ लाख रुपैयाँ मागेको युवतीले दिएको जाहेरीमा उल्लेख छ । साथै परिवारलाई नै सिध्यादिने भन्दै विभिन्न अश्लील मेसेज गरेको उनको भनाइ थियो ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?