Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै


काठमाडौँ। महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा शुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रा.लि.ले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको हो ।

नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महान्ग्र यातायात प्रा.लि.का उपाध्यक्ष सन्तोष खतिवडाले बताए । आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न शुरु गरेको बताएका छन्। साथै महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

उनले महानगर यातायात प्रा.लि.ले छिटै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको बताएका छन् ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?