Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

नेपालमा पछिल्लो ६ महिनामा मात्र आगलागीमा परी २२ जनाको मृत्यु


काठमाडौँ । चालु आर्थिक वर्ष (२०८०/०८१) शुरु भए यता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताएका छन् । उनकाअनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ जना पुरुष र १६ जना महिला रहेका छन् । उनले यही अवधीमा आगलागीका घटनाबाट १ हजार ६ सय ५६ घर परिवार प्रभावित भएको बताए ।

आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबराको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गर्दै सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको र सोही अवधीा आगलागीमा परी १७९ तथा डढेलाबाट २६ जना घाइते भएको बताए ।

उनले तीन उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै उनले नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको बताए ।

उनले आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउदै उनले आगलागीजन्य विपद् न्युनिकरणकाल लागि स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइएको समेत बताएका छन् । सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको बताए ।

जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताए। २०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा १ हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन् । जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?