Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी?


रुपन्देही । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा छ । निष्पक्ष बनाउँन नेपालका अदालतमा चिठ्ठा टिपाएर न्यायाधीशलाई मुद्दा दिइन्छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो । लामिछानेको तर्फबाट बहस गर्न कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवामा आइसकेको र रुपन्देहीमा रहेका कानून व्यवसायी गोविन्दप्रसाद मरासिनीलगायतले बहस गर्ने रास्वपा नेता गणेश पौडेलले जानकारी दिए ।

उनका अनुसार बुधबार सरकारी बयान लिने र सरकारी वकिलले नै बहस गर्ने भएकाले धेरै कानून व्यवसायी नजुटाइएको हो । त्यसपछि रविको तर्फबाट, सहकारी पीडितको तर्फबाट बहस हुनेछ । बहस सुनिसकेपछि न्यायाधीश योगीले नै थुनछेक आदेश दिनेछन् । न्यायाधीश योगीपनि न्याय क्षेत्रमा सहसचिवसम्म भएर न्यायाधीश भएका व्यक्ति हुन् । उनले २०७४ सालमा निजामति सेवा सेवा पुरस्कार समेत पाएका थिए । पुसको १६ गते मात्र न्यायाधीश योगीको दरबन्दी यहाँ कायम गरिएको हो । १० जना न्यायाधीशको दरबन्दी रहेको रुपन्देहीमा उनी पाँचौ नम्बरमा छन् ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?