Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ


१७ चैत्र, काठमाडाैँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलमार्फत उनीहरूले सपथ लिएका हुन् ।

पहिले उपप्रधान तथा रक्षा मन्त्री खड्काले शपथ लिएपछि अन्य मन्त्रीहरुले पनि राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रीमण्डल बिस्तार गरेका छन् । जसअनुसार प्रकाश शरण महत–अर्थमन्त्री ,रमेश रिजाल –उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, सिता गुरुङ –शहरी विकास मन्त्रालय नारायणकाजी श्रेष्ठ–उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत–ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अमनलाल मोदी–संघीय मामिला तथा सामान्य प्रशासन,बेदुराम भुसाल –कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,अशोक राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शरद सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिन्द्र राय यादवले – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?