१७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले मन्त्री बन्ने ४ जनाको नाम टुंगो लगाएको छ । ८ मन्त्रालय पाउने निश्चित भएको कांग्रेसले अरू ४ जनाको नाम भने अझै फाइनल गर्न नसकेको बताइएको छ ।
अहिलेसम्म कांग्रेसबाट मन्त्री बन्ने फाइनल भएकाहरू उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ रहेका छन् । अरू नाम फाइनल गर्न भने कांग्रेसलाई सकस परिरहेको छ ।
कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने जिम्मा सभापति शेर बहादुर देउवाले पाएका छन् ।
प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार