Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु


एजेन्सी। धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । अझै पनि मानिसहरू धुम्रपान छोड्न सकिरहेका छैनन् ।

हामी सवैलाई थाहा छ, धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ ।

चुरोटमा निकोटिन हुन्छ। मनमस्तिष्कमा असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्याधिक लत् लगाउने नशालु चिज हो निकोटिन । निकोटिन एक लागूपदार्थ हो । हाल विश्वमा १ अर्बभन्दा धेरै मानिसले धुम्रपान गर्छन् र यसकै प्रयोगका कारण प्रतिवर्ष १ करोड जतिले सन् २०३० सम्ममा मृत्यूवरण गर्ने अनुमान गरिन्छ । हाम्रो देशमा पनि कुन जनसंख्याको ३० %ले धुम्रपान गर्दछन।

धुम्रपान गर्नु एक लत हो। चुरोट जस्ता निकोटिनयुक्त पदार्थहरुमा निकोटिनका अलावा टार, एमोनिया, आर्सेनिक, कार्वोनमोनोक्साइड जस्ता सयौं खालका हानिकारक रसायनहरु पनि हुन्छन् जसले आआफ्ना असरले सेवनकर्ताको स्वास्थ्य धरापमा पर्छ।

यसलाई सेवन नगर्दा तल्तल लाग्ने र व्यक्तिलाई यसको सेवन अनिवार्य जस्तो महसुस गराउने गर्छ। यसकारण धुम्रपान त्याग्न धेरैले अनेकौँ उपाय लगाएपनि सकिरहेका हुँदैनन् ।

यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु :

धुम्रपानले शुक्रकीटको गुणस्तर घटाउँछ, शुक्रकीटको संख्या कम हुन्छ, वीर्य कम हुन्छ र शुक्रकीटको गति कम हुन्छ। यसले सन्तान उत्पादनमा समस्या हुन्छ।

धुम्रपानले तपाईंका बच्चाहरूको वरिपरि धुम्रपान गर्न जारी राख्दा र तिनीहरूलाई सेकेन्ड-ह्यान्ड धुम्रपानमा पर्दा उनीहरूमा अचानक शिशु मृत्यु सिन्ड्रोम, दम, तीव्र       छातीको संक्रमण, मध्य कान रोग, आचरण समस्याहरू र सिक्ने कठिनाइहरूको जोखिम बढ्छ।

धुम्रपान तपाईको दिमागको लागि पनि साँच्चै खराब छ एक व्यक्तिले प्रति दिन जति धेरै चुरोट खान्छ, उसको दिमागको मात्रा त्यति नै कम सक्रिय हुन्छ।

धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ ।


प्रकाशित मिति: ३ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?